शनिबार, वैशाख ८, २०८१

सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

मेरोन्यूज २०७८ वैशाख २७ गते १२:०७

काठमाडौं । घरायसी विवादका कारण सिलौटोले हानेर आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय विजयलाल कर्णलाई पक्राउ गरेको हो ।

रामबली साहतेलीको घरमा डेरा गरी बस्ने ३५ वर्षीय विजयलाल कर्णले श्रीमती ३२ वर्षीया उषादेवी कर्णको हत्या गरेका हुन् । घरायसी विवादका कारण सिलौटोले उषादेवीको टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले विजयलाल कर्ण पक्राउ परेको हो ।

प्रतिक्रिया