शनिबार, वैशाख ८, २०८१

स्रोत नखुलेको १७ लाख ५० हजार भारुसहित बर्दियाबाट एक पक्राउ

मेरोन्यूज २०७८ वैशाख २७ गते १२:००


काठमाडौं । बर्दियाको राजापुर नगरपालिका ४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय बर्दियाले कैलाली टिकापुर नगरपालिका १ का २९ वर्षीय गोपाल चौधरी पक्राउ गरेको हो ।

आइतबार कैलालीबाट बर्दिया आउँदै गरेको सु.प.प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकलबाट रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीले बताए । चौधरीले बोकेको कालो रंगको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा रकम भेटिएको हो । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बाँके पठाइएको छ ।

प्रतिक्रिया