बुधबार, वैशाख १२, २०८१

लकडाउनमै बढ्यो सुनचाँदीको मुल्य

मेरोन्यूज २०७८ वैशाख २७ गते ११:४४


काठमाडौं । लकडाउनको समयमै यो साताको दोस्रो दिन आज सोमबार सुनचाँदी महंगो छ । सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले महंगो भई ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धिभई ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यस्तै,चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले महंगो भई १ हजार ३ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतरबार चाँदी १ हजार ३ सय ४५ रुपैयाँ तोकिएको थियो । देशका अधिकांश स्थानमा लकडाउन भएकै कारण सुन चाँदीको कारोबार ठप्प भएपनि केहिस्थानमा मात्र किनबेच भएको र मुल्यसूची दिनानुदिन तोकिनुपर्ने भएकाले मुल्य निर्धारण गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया