शुक्रबार, वैशाख ७, २०८१

बाबुराम भट्टराई भन्छन -‘खोप र औषधि खरिदमा भ्रष्टाचार गर्ने ओलीलाई बिदाई गर्नुपर्छ’

मेरोन्यूज २०७८ वैशाख २७ गते १०:२९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई बिदाई गर्नुपर्ने कारण सहित सामाजिक सञ्जालमा लेखेका छन् ।


१.कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको ,संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको , ४.खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भनि सामाजिक सञ्जालमा लेखेका हुन् ।

आज प्रधानमन्त्री ओली विश्वासको मत लिदै छन् । जसपामा बाबुराम भट्टराई र उपेन्द यादव समुहका सांसदले ओलीको विपक्षमा मत दिने बताउँदै आएका छन् । भने राजेन्द्र महतो र महन्थ ठाकुर पक्ष तटस्ठ बस्ने बताउँदै आएको छ ।

प्रतिक्रिया