शनिबार, वैशाख ८, २०८१

‘सामूहिक राजीनामा दिएर आफ्नै खुट्टामा आफै बन्चरो नहान्नुस् कमरेडहरु’

मेरोन्यूज २०७८ वैशाख २७ गते १०:०९

काठमाडौं । नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरी थारुले सामुहिक राजिनाले एमालेलाई फाइदा नहुने बताएकी छिन् । आफ्नै खुट्टामा आफै बन्चरो हान्न र भीरबाट हाम फाल्न तयार हो ? उनले प्रश्न गरेकी छिन् । सोमबार माधवकुमार नेपाल समुहका सासंदहरुले सामुहिक राजिनाको तयारी गरेका छन् ।

सोही समुहकी समानुपातिक सांसद चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखछिन् “सामूहिक राजीनामाको कदमले एमालेलाई फाइदा हुन्छ कि अरुलाई ? आफ्नै खुट्टामा आफै बन्चरो हान्न र भीरबाट हाम फाल्न तयार हो ? बिन्ती छ त्यसो नगर्नु होस् आदरणीय कमरेडहरु ।”
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चौधरीलाई यसअघि स्पष्टिकरण सोधेका थिए तर हाल उनी सामुहिक राजिनामा नदिने बुझिएको छ ।

प्रतिक्रिया