बिहीबार, वैशाख १३, २०८१

सकियो नेपाल समूहले पार्टी अध्यक्ष ओलीलाई दिएको समयसीमा

मेरोन्यूज २०७८ वैशाख २७ गते ९:२३

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले दिएको १३ घण्टाको अल्टिमेटम समाप्त भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खनाल- नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।

यसैगरी, नेपाल समुहले शनिबार साँझ बैठक बसेर आइतबार आफू पक्षका सांसदहरूले सामूहिक राजीनामा बुझाउने भनिएको थियो । तर, आइतबार भर्चुअल बैठक गरेर ओलीलाई अल्टिमेटम दिने निर्णय गरेको थियो । नेता नेपालले आफू पक्षका नेताहरूसँग बैठक सकेर ओलीले दूतका रुपमा पठाएका नेम्वाङ र पौडेलसँग सिंहदरबारमा छलफल गरेका थिए ।

नेपालले पार्टी अध्यक्ष ओलीलाई गए राति ११ बजे ६ बुँदे पत्र पठाएका थिए । सोमबार विहान नौ बजेसम्म पनि पार्टी अध्यक्ष ओलीले आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने नेपाल समूहले चेतावनी दिएको थियाे ।

थप याे पनि पढ्नुहाेस्

 मध्यरातमा ओलीलाई पठाए नेपालले ६ बुँदे पत्र 
https://www.meronews.com/2021/05/41213.html

प्रतिक्रिया