शुक्रबार, वैशाख ७, २०८१

अक्सिजन सिलिन्डर लिन ‘वाइडबडी’ आज चीन जादै

मेरोन्यूज २०७८ वैशाख २७ गते ८:३४


काठमाडौं । चीन सरकारले सहयोगमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान सोमबार ( आज) चीन जाने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा ४०० थान अक्सिन सिलिन्डर र केही भेन्टिलेटर लिन वाइडबडी विमान सोमबार चीन जाने भएको हो । मन्त्रालयका अनुसार करिब २ हजार हवाईमार्ग र १८ हजार थान सिलिण्डर स्थलमार्गबाट ल्याउने जनाएको छ ।

कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्नका लागि नेपालको आग्रहपछि चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग दिने भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरूसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) मूल्य बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया