बिहीबार, जेठ ३, २०८१

बराबरीमा रोकियो रियल

मेरोन्यूज २०७८ वैशाख २७ गते ७:२६


एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सेभियाले उसलाई २–२ को बराबरीमा रोक्यो । रियलका लागि एडेन हेजोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । समान अंकमा बार्सिलोना दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ७७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।

Advertisement

लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । यसअघि बार्सिलोना र एटलेटिकोले पनि बराबरी खेलेको थियो र रियललाई माथि उक्लिन अवसर प्राप्त भएको थियो । तर रियलले यसको फाइदा उठाउन सकेन ।

प्रतिक्रिया