बिहीबार, चैत १५, २०८०

लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको पीसीआर नि.शुल्क

मेरोन्यूज २०७८ वैशाख २७ गते ६:३१

काठमाडौं । सरकारले कोभिड १९ को लक्षण भएका र संक्रमितको सम्पर्कमा आएका ( कन्ट्याक्ट ट्रेसिङ ) मा परेका सबै व्यक्तिको पीसीआर परीक्षण सरकारी प्रयोगशालामा निशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अबदेखि देशभरका सरकारी प्रयोगशालामा लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु सबैको पीसीआर परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोनाको पीसीआर परीक्षण नि.शुल्क हुने बताए ।

यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लिइने गथ्यो । कतिपय स्थानीय निकायहरुले भने आफ्नै खर्चमा स्वाब संकलन गरी निशुल्क परीक्षण गराउँदै आएको थियो ।

प्रतिक्रिया