शुक्रबार, चैत १६, २०८०

आजको राशिफल : वैशाख २७ गते सोमबार

मेरोन्यूज २०७८ वैशाख २७ गते ६:२४

आज २०७८ वैशाख महिनाको २७ गते सोमबार, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ।अब लागौं आजको राशिफलतर्फ

मेष
मनमा उदासिनता हुने भएकाले जोश र जाँगरको अभाव हुन पुग्ने छ । नेतेत्वदायी भुमिकामा भने बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यवसायमा समय धेरै अनुकुल नबने पनि धेरै प्रतिकुल हुने छैन् । आत्माबल बलियो हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । ज्ञान भाव र अरुको समेत कल्याण चाहने स्वाभावमा बृद्धि हुने छ । राजनीति, प्रशासन, केमिकल्सको कारोवार, ठेक्कापट्टा, फलाम, उद्योग कलकारखाना, औषधी, सिमेण्ट, ग्रिल आदि जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

वृष
पेशागत तथा ब्यावसायिक जीवनमा केही सकारात्मकता थपिनेछ । मनमा भने दुविधा बढ्ने छ । मनमा उदासिनताको मात्रा देखिने छ । प्रभावकारी ब्यक्तित्व बन्नेछ । भाग्यको बलियो साथ रहेकाले प्रतिकुल परिस्थितिमा सम्हालिएर हिड्न साहस प्राप्त हुने छ । आम्दानीमा भने केही बाढोत्तरी हुने छ । न्यायालय, प्रशासन, श्रम, फलाम, किराना पसल, ग्याँस आदीको ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
रिस अलि बढी हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिएमा परिस्थितिलाई ठिक आँकलन गर्न सकिनेछ । सुरो खाले ब्यक्तित्व हुनेछ । धन सम्पत्तिमा केही बृद्धि हुने छ, तर मनमा भने असन्तुष्टि कायम रही रहनेछ । परिवारका सदस्यहरुको साथ र समर्थन रहेता पनि मनमा त्यसको उचित कदर नगर्ने मनस्थिति बनिरहने छ । यसले गर्दा परिवारका सदस्यहरु बीच मन नमिले जस्तो हुने छ ।

कर्कट
अरुको विश्वास जित्न सक्ने शक्ति उत्पन्न हुने छ । आफ्नै भुमिका र सक्रियतामा पेशागत र ब्यापार ब्यवसायमा सक्रियता बढ्ने छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति कटिबद्ध हुने बानी र ब्यक्तित्व हुनेछ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा हुने छ । शिक्षा क्षेत्र, प्राज्ञिक क्षेत्र, अध्ययन अध्यापन, धार्मिक क्षेत्रमा सक्रिय ब्यक्तिहरुमा समय अलि प्रतिकुल रहेको देखिन्छ ।

Advertisement

सिंह
राखिएका लक्ष्य र सपना पुरा हुने तर्फ जाने छन् । आम्दानीमा केही बृद्धि हुने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्ने शक्ति पैदा हुने छ । पेशागत र ब्यावसायिक जीवनमा धेरै सकारात्मकता उत्पन्न हुने छैन् भने धेरै नकारात्मक पनि हुने छैन् । राजनीति, प्रशासन, इन्जियिनरिङ्ग, ब्यवस्थापन, कपडा, ठेक्का पट्टा, औषधी, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बढोत्तरी हुने छ ।

कन्या
समय अलि प्रतिकुल रहेकाले सचेत भएर अघि बढ्नु पर्ने देखिन्छ । आम्दानीको सदुपयोग हुने छैन् । मनले सोचेका लक्ष्यहरु पुरा हुने छैनन् । मनमा उत्साह र उमङ्गको कमि हुने छ भने निराशाले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा असमझदारी उत्पन्न हुने भएकाले सतर्कतासहित विचार गर्नु होला । दाम्पत्य जीवनमा कटुता उत्पन्न हुने छ ।

तुला
परिवारको साथ पाइने हुनाले प्रतिकुलतामा पनि ढाडस मिल्ने छ । जीवनसाथिको साथ लिएर काम गरेरमा पेशा ब्यवसायमा मद्धत पुग्ने छ । साथै आम्दानीमा पनि बृद्धि हुने छ । भाग्यहिनताको आभाष हुने भएकाले काममा ढिलाई हुन जाने छ । राजनीति, ब्यवस्थापन, प्रशासन, ज्वेलर्सको कारोवार जस्ता क्षेत्रमा संलग्नहरुलाई केही फाइदा हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा फाइदा प्राप्त हुने छ ।

वृश्चिक
समय प्रतिकुल रहेकाले धैर्यतासहित पाइला चाल्नु पर्ने आवश्यकता देखिन्छ । मनमा दुबिधा हुने भएकाले निर्णय क्षमतामा कमि आउन जाने छ । शरीरमा कमजोरी उत्पन्न हुन जाने भएकाले जोश र जाँगरको कमि हुने छ । नकारात्मक विचार र निराशाले सताउने छ । नेतृत्व क्षमतामा कमि हुने भएकाले प्राप्त जिम्मेबारी निर्वाह गर्न कमजोरी देखिने छ, यसले गर्दा प्रगतिको बाटोमा अबरोध आउन जाने छ ।

धनु
समय अनुकुल देखिन्छ । भाग्यको बलियो साथ रहेकाले जसले मनमा दृढता बढाउने छ । तर आन्तरिक चतु¥याई र सक्रियतामा भने कमि आउन जाने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किन जाने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले सतर्कताको आश्यकता छ । खासगरी बोल्दा र बाणिलाई नियन्त्रणमा राख्दा उपयुक्त हुने छ ।

मकर
प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । उच्च मनोबल हुने छ । तर रिस नियन्त्रण गर्न नसके अरुसँग टसिलो स्वाभावको ब्यक्तित्व बन्ने भएकाले यसमा निकै सतर्कताको आवश्यकता देखिन्छ । आम्दानीमा केही बृद्धि हुने छ । पारीवारिक जीवनमा सुमधुरताको कमि आउने भएकाले पारीवारिक जीवनमा केही तनावको अवस्था उत्पन्न हुने छ । रोग ब्याधिहरुले दुःख दिने समय सक्रिय रहेकाले सतर्कताको आवश्यकता रहेको छ ।

कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ । परिवारको सदस्यहरुको माया ममता र साथ पाइने छ । जीवनसाथिको साथले मेहनती र पराक्रमी स्वाभावमा बृद्धि गरिदिने छ । पेशागत जीवनमा केही शिथिलता आउने र नकारात्मक भावना उत्पन्न हुने भएकाले संयमित भएर अघि बढ्नु हुँदा ठिक हुन जाने छ । सुख शान्तिको आभाषमा बृद्धि हुने छ । सवारीसाधन, वाहनको सुविधा प्राप्त हुने छ ।

मीन
भाग्यको साथ रहेकाले सुख सुविधा तथा मनमा सन्तोष प्राप्त हुने छ । परिवारको सदस्यहरुका बीचमा कसले नेतृत्व लिने भन्ने भित्रि विचारसहित टकराव उत्पन्न हुने छ । पेशागत जीवनमा समस्याहरु निम्तिने छन् तर आम्दानीमा भने केही सकारात्मक संकेतहरु देखा पर्ने छन् । बोलीमा अस्वाभाविक रुपमा कहिले शितलता र कहिले अस्वाभाविक रुपमा कडापन आउने भएकाले बिरोधाभाष हुन जाने भएकाले एक रुपता ल्याउने प्रयास गर्नु राम्रो हुने छ ।

प्रतिक्रिया