शुक्रबार, वैशाख १४, २०८१

प्रधान सेनापतिद्वारा विदेशीसहित १५५ अधिकृत क्याडेटलाई पद प्रदान

मेरोन्यूज २०७८ वैशाख २६ गते २१:१२

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालिम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा क्याडेटले उच्च स्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा प्रधानसेनापति थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गरेका थिए । तालिममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले आआफ्नो समूहमा तालिममा उत्कृष्ट हुने विजय थापा, अन्तर्राष्ट्रिय अधिकृत क्याडेट केन्याकी बेरली ओपिला अकिन्यी र प्राविधिक अधिकृत उपसेनानी अर्जुन मगरलाई पुरस्कार प्रदान गरेका थिए ।

उक्त प्रतिष्ठानबाट हालसम्म १९ विदेशी अधिकृतले तालिम पूरा गरेका छन् । यसपटक विदेशका केन्या, माल्दिभ्स, श्रीलंका र जाम्बियाका सैनिक शिक्षार्थीको सहभागी रहेका थिए ।

प्रतिक्रिया