बिहीबार, वैशाख १३, २०८१

जसपाका सांसदलाई स्वतन्त्र अधिकार

मेरोन्यूज २०७८ वैशाख २६ गते १९:०७
फाइल फाेटाे

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न आफ्नो सांसदलाई स्वतन्त्र अधिकार दिने भएको छ ।

आज बसेको जसपाको बठैकले प्रधानमन्त्रीको पक्ष विपक्षमा मत गर्न सांसद्लाई स्वतन्त्र छोड्ने निर्णय गरेको जनाइएको छ । जसपाले आफ्ना सांसद्हरुलाई ह्विप नलगाउने भएको हो । जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने भएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष मौन बस्ने भएको छ ।

पार्टीमा दुई थरी मत आएपछि पार्टी एकता जोगाउन भट्टराई र यादव पक्षले ओलीको विपक्षमा मत दिने र ठाकुर र महतो पक्ष तटस्थ बस्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया