शनिबार, वैशाख १५, २०८१

प्रचण्डले भने : ओली सरकार अब छिट्टै बिदा हुन्छ

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:०५


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुको विकल्प नभएको बताएका छन् । त्यसका लागि आफूहरुले पहल गरिरहेको भन्दै उनले अब छिट्टै ओली सरकार बिदा हुने बताए ।

प्रचण्डले सरकारले कोभिडमा गैर जिम्मेवार बनेको मात्र होइन् अन्य कतिपय आर्थिक, सामाजिक राजनीतिक विषयमा समेत प्रतिक्रान्तिकारी र असंवैधानिक, निरंकुश काम गरिरहेकाले सरकारलाई छिटो बिदा गर्ने गरी आफूहरु निरन्तर अगाडि बढिरहेको बताएका छन् । अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अर्न्तक्रियामा बोल्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार माओवादी केन्द्र र प्रचण्डले जो भने पनि त्यसको उल्टो गर्ने गरी अगाडि बढेको भन्दै त्यस्तो गैर जिम्मेवार सरकारलाई टिकाई राख्न नहुने धारणा राखेका हुन् । ‘अहिलेको सरकार माओवादीले भन्यो भने या प्रचण्डले भन्यो भने त्यसको उल्टो गर्ने खालको छ,’ प्रचण्डले भने, ‘सरकार कोभिडकै सर्न्दभमा अन्तयन्तै गैर जिम्मेवार बनेको छ । जनताको स्वस्थ्य उपचार गर्न नसक्ने भन्दै पञ्छिएको मात्र छैन , खोप, ओषधिलगायतका भष्टाचार गर्न तल्लिन छ । यस्तो गैर जिम्मेवार सरकार अब टिकाई राख्नु उचित हुँदैन् ।’

सरकारले गरेन भन्दैमा आफ्नो पार्टी यस मामिलामा चुप लागेर नबसेको प्रचण्डको भनाई थियो । देशभरका पार्टी संगठन, निर्वाचित प्रदेश तथा स्थानीय सरकारलाई आफूहरूले परिचालन गरेको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया