बिहीबार, वैशाख १३, २०८१

नेप्से लगातार घट्दै

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:००

काठमाडौं । गत साता केही दिन निरन्तर ओरालो लागेको बजार परिसुचक यो साताको पहिलो दिन आज आईतबार पनि दोहोरो अंकले ओरालो लागेको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलब ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलब ५६ को बिन्दुमा पुगेको हो ।

यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशलमलब १७ प्रतिशतले कमी हो । स्टक एक्सचेञ्जमा आइतबार २ सय १९ कम्पनीको ७५ हजार ५६ कारोबारबाट कुल ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १ सय २५ कित्ता शेयर खरिद बिक्रि भएको छ । गत साता लगातार लगातार सकारात्मक देखिएको महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै विशाल बजार कम्पनी, सिंगटी हाईड्रो लगायत ४ कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा बढि माईक्रोफाईनान्स समुहको १ दशमलब ७८ प्रतिशतले घटेको छ । आइतबार एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड ८६ लाख र कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । समता घरेलु लघुवित्त, रुरु जलविद्युत्त परियोजनाको शेयर भने बढेको छ ।

प्रतिक्रिया