शनिबार, वैशाख ८, २०८१

काठमाडौँ उपत्यकामा ४ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:००

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ८५० जानमा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै ४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभरबाट ४ हजार २२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया