शुक्रबार, जेठ ४, २०८१

थप ८,८५० जनामा कोरोना संक्रमण

८८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २६ गते १६:३६

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ ८५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका बिभिन्न प्रयोगशालामा १८ हजार ७ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना गरी थप ८ हजार ८५० जनाको कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा ८८ जनाको ज्यान गएको जनाएको छ । एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी हो । हिजो ५३ जनाको निधन भएको थियो । त्यसैगरी थप ४ हजार २२ जना भने निको भई घर फर्किएका छन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया