शनिबार, वैशाख १५, २०८१

संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा नेपाल

मेरोन्यूज २०७८ वैशाख २६ गते १६:३१


काठमाडौ‌ । बेलायतले आगामी बुधवारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ। हाल अम्बर लिस्टमा रहेकाे नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधावार देखि रेड लिस्टमा राख्न लागेको बताइएकाे छ। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ।


रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाईँ ब्रिटिस अथवा आइरिस नागरिक वा युकेमा रेसिडेन्स अधिकार भएको भएमात्र युके प्रवेश गर्न पाउने बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ।


बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।

प्रतिक्रिया