शनिबार, वैशाख ८, २०८१

तेजेन्द्र काफ्लेको ‘देश नदुखोस’ सार्वजनिक (भिडियो)

मेरोन्यूज २०७८ वैशाख २६ गते १५:०४

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार तेजेन्द्र काफ्लेको रचनामा सजिएको ‘देश नदुखोस’ बजारमा आएको छ ।

प्रमोद प्रसाईं र लाबोनी चक्रवर्तीको स्वरमा सजिएको गीत आईतबार सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी तथा गीतकार तेजेन्द्र काफ्लेको शब्दमा रचिएको गीतलाई डेनी निरौलाले संगीत भरेका हुन् ।

लाबोनी प्रमोदको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा देशका हरेक क्षेत्रलाई उज्जयालोले जोडोस हरेक क्षेत्र उर्वर होस एक क्षेत्रले अर्कोलाई सहयोग गरोस भन्ने भावलाई झल्काईएको छ ।

रेडियो कान्तिपुरमा कार्यरत गीतकार काफ्ले विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा वर्षको सर्वोत्कृष्ठ राष्ट्रिय भावना ओतप्रोत गीतबाट सम्मानीत भएका छन् ।

प्रतिक्रिया