शुक्रबार, वैशाख ७, २०८१

भारतको राजधानीमा एक साता लकडाउन थप

मेरोन्यूज २०७८ वैशाख २६ गते १४:१६

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ । मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री केजरिवालले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।

उनले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ । गत अप्रिल १९ मा दिल्लीमा पहिलोपटक लकडाउनको घोषणा भएको थियो ।

प्रतिक्रिया