बिहीबार, वैशाख १३, २०८१

ओलीको गृहनगरका रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

मेरोन्यूज २०७८ वैशाख २६ गते १३:५३

काठमाडौं । लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस भएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले पूर्वसचिव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाका हुन् । आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित भएको थियो । तर परिषद बैठकले प्रधानमन्त्री ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया