बिहीबार, वैशाख १३, २०८१

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हत्या

मेरोन्यूज २०७८ वैशाख २६ गते १२:०२

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको बताइएको छ । मृत्यु हुनेमा संखुवासभाका सागर घिमिरे रहेको छन् । उनीसहित अन्य २ जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी समेत मारिएका छन् ।

प्रतिक्रिया