शुक्रबार, वैशाख ७, २०८१

बाक्लो भेटघाटमा जसपाका नेताहरू, देउवालाई भेटेपछि बालुवाटार पुगे

मेरोन्यूज २०७८ वैशाख २६ गते ११:४९
फाइल फाेटाे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासबाट सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनीहरूले देवाउसँग डेढ घण्टा छलफल गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा देउवासँग छलफल गर्न उनीहरू बिहान ९ बजे पुगेका थिए । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएपछि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

यही समयमा ओलीलाई विस्थापन गर्न नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । यस्तै सत्तारुढ दल नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन् । यसैबीच जसपाका नेताहरूले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूसँगको भेट बाक्लो बनाएको छ ।

प्रतिक्रिया