शनिबार, वैशाख ८, २०८१

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख २६ गते ११:३५

काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सोमबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ। कार्यव्यवस्था समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई मतदान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारे निर्णय गर्नेछ ।

संसद सचिवालयका अनुसार २६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोली संसदबाट विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया