शुक्रबार, चैत १६, २०८०

अमेरिकी डिभि चिठाको नतिजा सार्वजनिक, हेर्ने कसरी त ?

मेरोन्यूज २०७८ वैशाख २६ गते ७:२९

काठमाडौं । अमेरिकाले खुलाएको डिभी चिठाको नतिजा सार्वजनिक भएको छ ।

अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात नेपाली समयानुसार वैशाख २५ गते शनिबर रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो ।

२०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov  मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ ।

नतिजा हेर्न आवेदन दिंदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया