शुक्रबार, वैशाख ७, २०८१

काेराेना नियन्त्रणमा युद्धस्तरमा जुट्ने मन्त्रिपरिषद्काे निर्णय

वीर अस्पतालकाे नयाँ भवनलाई 'काेभिड डेडिकेटेड' अस्पताल बनाइने

मेरोन्यूज २०७८ वैशाख २५ गते २०:१८

काठमाडाैं । काेराेना संक्रमण तीव्र बनेसँगै सरकारले नेपालकै पूरानाे वीर अस्पताललाई काेभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेकाे छ । शनिबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले वीर अस्पतालकाे नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउने निर्णय गरेकाे हाे ।

उक्त भवनमा करिब ५०० शय्याकाे आइसाेलेसन बनाउने सरकारकाे तयारी छ । बैठकले काेराेना नियन्त्रणमा युद्धस्तरमा जुट्ने पनि निर्णय गरेकाे छ । देशरभ अक्सिजनकाे अभाव देखिएकाे भन्दै बैठकले संक्रमितकाे उपचारका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन केन्द्रित हुने निर्णय गरेकाे छ ।

प्रतिक्रिया