शुक्रबार, वैशाख १४, २०८१

२६ जना सांसदलाई कोरोना पुष्टि (नामावली सहित)

मेरोन्यूज २०७८ वैशाख २५ गते १८:०२

काठमाडौँ । प्रतिनिधिसभाका २६ जना सांसदमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्टअनुसार २६ जना सांसदलाई कोरोना पुष्टि भएको हो ।

यही वैशाख २२, २३ र २४ गते संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमा २६ सांसदसहित १६० जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका सांसदहरूमध्ये पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता झलनाथ खनालसहित ८ जनालाई पहिले नै कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएका सांसदहरू यस प्रकार रहेका छन् :

  1. झलनाथ खनाल
  2. मुकुन्द न्यौपाने
  3. मायादेवी न्यौपाने
  4. पार्वती डिसी चौधरी
  5. राजेन्द्रप्रसाद गौतम
  6. नन्दलाल रोका क्षेत्री
  7. लालबाबु पण्डित
  8. लक्ष्मणलाल कर्ण
  9. नरमाया ढकाल
  10. महेश बस्नेत
  11. रामबाबु यादव
  12. गोपालबहादुर बम
  13. नमिता कुमारी चौधरी
  14. शान्तिमाया तामाङ
  15. विना कुमारी श्रेष्ठ
  16. रेनुका गुरुङ
  17. जुलीकुमारी महतो
  18. रघुवीर महासेठ
  19. किसान श्रेष्ठ
  20. सुरेश कुमार राई
  21. पुष्पा कुमारी कर्ण कायस्थ
  22. भानुभक्त ढकाल
  23. बीना मगर
  24. भरतकुमार शाह
  25. प्रमोद शाह
  26. दिपकप्रकाश भट्ट

प्रतिक्रिया