शुक्रबार, वैशाख १४, २०८१

निषेधाज्ञाको अवज्ञा गर्ने ७ हजार भन्दा बढी कारबाहीमा

मेरोन्यूज २०७८ वैशाख २५ गते १६:०३

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि लागु गरिएको निषेधाज्ञा अवज्ञा गर्ने ७ हजार ८ सय ५ जना कारबाहीमा परेका छन् ।

पछिल्लो २४ घण्टामा प्रहरीको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ५७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ भने निषेधाज्ञाको पालना नगर्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा रखिएको हो । कोभिड–१९ को संक्रमण बढ्दा थपिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिरहेको छ । साथै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि पनि प्रहरी प्रयत्नशील छ ।

यही क्रममा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ३० वटा गाडी र १ हजार ९ सय ७३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यसैगरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ३८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

प्रतिक्रिया