बिहीबार, वैशाख १३, २०८१

प्रतिनिधि सभाका १८ सदस्यमा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख २५ गते १५:५२

काठमाडौं । प्रतिनिधि सभाका १८ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा पनि संक्रमण पुष्टि भएको छ ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ सय ६० जनामा पोजेटिभ देखिएको छ ।

संक्रमण देखिएका अन्य १ सय ४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९आईसीसी०का कर्मचारी रहेका छन् ।

प्रतिक्रिया