शनिबार, वैशाख ८, २०८१

कोरोनाबाट गण्डकी प्रदेशमा २५१ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २५ गते १५:०७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म २५१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शनिबारसम्म थप ३ जनाको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको संख्या २५१ पुगेको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा आज मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुष रहेका छन् । गत ७ गते कोरोना पुष्टि भएका उनको हिजो राति मृत्यु भएको हो । उनको मेडिप्लस अस्पताल पोखरमा मृत्यु भएको हो ।

यस्तै, पोखरा महानगरपालिका १३ की ४८ वर्षीय संक्रमित रहेकी छन् । उनको हिजो साँझ मृत्यु भएको हो । गत १३ गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

कोरोनाबाट मृत्यु हुने अर्का व्यक्तिमा पोखरा महानरपालिकाकै १० स्थित ८१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए ।

प्रतिक्रिया