बिहीबार, वैशाख १३, २०८१

लुम्बिनी प्रदेशका पालिकामा आइसोलेशन सञ्चालनमा

मेरोन्यूज २०७८ वैशाख २५ गते १४:१५


रुपन्देही । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् । प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिण्डर सहितका आइसोलेशन निर्माण गरेका छन् ।

प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेण्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् । अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ र रुकुम९पूर्व०मा एक आइसोलेशन सेण्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ । प्रदेशका आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ३४२ संक्रमितको उपचार भइरहेको छ ।

यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना संकमित छन् । रासस

प्रतिक्रिया