शनिबार, वैशाख १५, २०८१

कंगना रनावतलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख २५ गते १३:०५

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ ।

आफुलाई कोरोना संक्रमण पुष्टि भएको सुझाउदै उनले आफ्नो इन्स्टाग्राममार्फत बताएकी हुन् ।

कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।

‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन् ।

उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन् । ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ । आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं । हर हर महादेव’, उनले लेखेकी छन् ।

प्रतिक्रिया