शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसले सबै दललाई आग्रह गर्ने

मेरोन्यूज २०७८ वैशाख २५ गते ९:०४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्ने भएको छ ।

संसदीय दलको बैठकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई ओलीलाई विश्वासको मत नदिन आह्वान गर्ने भएको हो । कांग्रेसले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी पदाधिकारी बैठकले विश्वासको मत नदिने र अन्य राजनीतिक दललाई पनि नदिन आग्रह गर्ने निर्णय गरिसकेकाले त्यही निर्णय दलबाट गर्ने निश्चित जस्तै छ ।

बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र अन्य राजनीतिक दलहरूलाई पनि विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गर्ने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधि सभाबाट विशवासको मत लिने कार्यक्रम तय भइसकेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार १ बजे बस्ने गरी प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिसकेकी छन् ।

प्रतिक्रिया