शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री ओलीले विदाका दिन पनि बोलाए मन्त्रिपरिषद बैठक

मेरोन्यूज २०७८ वैशाख २५ गते ८:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक वालाुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बस्ने एक मन्त्रीले जानकारी दिए । पछिल्ला घटनाक्रमले राजनीतिक माहोल तातिरहेका बेला बोलाइएको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ ।

विदाका दिन आकस्मिक बैठक बोलाएपछि यसलाई महत्वका साथ हेरिएको हो । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । पर्सी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ ।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा विश्वासको मत दिन गरेको आग्रह विपक्षी दलहरुले इन्कार गरेपछि अबको रणनीति, सरकारको कार्यदिशा लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया