शुक्रबार, वैशाख ७, २०८१

पर्सा जिल्लामा ३४ संक्रमित भेन्टिलेटरमा

मेरोन्यूज २०७८ वैशाख २४ गते २१:२५

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसबाट प्रदेश २ को पर्सा जिल्ला बढी प्रभावित भएको छ । पर्सामा आजसम्म १ हजार ६११ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटर र ९३ जनाका आइसियूमा उपचार भइरहेको छ । त्यस्तै १७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ४१८ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा पर्सामा ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेश २ मा ४ हजार ६१६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया