बिहीबार, चैत १५, २०८०

खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न सभापति देउवाको माग

मेरोन्यूज २०७८ वैशाख २४ गते २०:४१

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन् । पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया