शुक्रबार, चैत १६, २०८०

‘अक्सिजन समयमै दिए धेरै कोरोना संक्रमितको ज्यान जोगाउन सकिन्छ’

डा.नारायण भुसाल २०७८ वैशाख २४ गते १८:०८

काठमाडौँ । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट बढेसँगै अस्पतालहरु संक्रमितले भरिन थालेका छन् । अस्पतालमा पुगेका ९० प्रतिशत संक्रमितमा अक्सिजनको मात्रा घटेको पाइएको छ ।

चिकित्सकहरुका अनुसार ९० प्रतिशत संक्रमित घरमै निको हुन्छन् । डा. नारायण भुसाल भन्छन्, “यदि, कोरोना संक्रमणबाट नआत्तिएर घरमा बसे पनि, सबैभन्दा महत्वपूर्ण कुरा भनेको शरीरमा अक्सिजनको मात्रा कति छ ? त्यो जाँच गरिरहनु पर्छ ।”

डा. भुसालकै शब्दमा

कोरोना संक्रमण हुँदा के गर्ने ?

यदि, तपाईको जिउ दुखेको छ ? झाडापखाला लागेको छ ? भने तुरुन्त आफूमा कोभिड भएको आशंका गर्नुपर्छ । अर्को कोरोना संक्रमण हुँदैमा नआत्तिएर घरमा बस्ने गर्नुपर्छ । महत्वपूर्ण कुरा भनेको शरीरमा अक्सिजनको मात्रा कति छ ? जाँच गरिरहनु पर्छ ।

Advertisement

ज्वरो आएको छ भने सिटामोल खाने । झाडापखाला लाग्यो भने जिवनजल खाने । तर, समय समयमा अक्सिजनको मात्रा जाँच गरिरहनु पर्छ ।

शरीरमा अक्सिजनको मात्रा जाँच गर्ने ‘पल्स अक्सिमिटर’ भन्ने हुन्छ । यसबाट जाँच गर्दा मुटुको चाल र शरीरमा अक्सिजनको मात्रा थाहा हुन्छ । अर्को तपाईको शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा बढी छ, भने घरमै बस्न सक्नुहुन्छ । तर, ९२ भन्दा लत तपाईको अक्सिजन झरेको छ भने तुरुन्तै अस्पतालमा गएर अक्सिजन लिनु पर्छ ।

समयमै अक्सिजन थेरापी लिन सकेमा धेरै मानिसको ज्यान जोगाउन सकिन्छ । कतिपयमा शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा तल झर्दा पनि कुनै पनि लक्षण नदेखिन सक्छ । क्रमस घट्दै गएर ८० देखि ७५ मा झर्छ । यस्तो अवस्थामा संक्रमितको छाती खराब भइसकेको हुन्छ ।

त्यसैले ९२ बाट ९० पुग्दैमा तुरुन्तै अस्पतालमा गएर अक्सिजन लिनु पर्छ । अहिलेको उपचारमा अक्सिजनका ठूलो भुमिका छ । चोक चोकमा अक्सिजनको मात्रा हेर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्छु ।

खुल्ला स्थानमा अक्सिजन सर्पोटसहितको मेक्सेफ हस्पिटल बनाउन सकिन्छ । जहाँ एक हजारदेखि २ हजार मानिस राखेर अक्सिजन दिन सकियो भने मात्र पनि अहिलेको अवस्थमा धेरै मानिसको ज्यान जोगाउन सकिन्छ ।

अक्सिजनको मात्रा घटेको संक्रमितले समयमै अक्सिजन पाएमा आइसियू र भेन्टिलेटरमा जाने दर निकै कम गर्न सकिन्छ । अक्सिजन लिने ठाउँमा स्वास्थ्यकर्मीको निगरानी पनि हुने औषधि दिनु पर्ने हो कि आइसियू दिनुपर्ने समयमै हुन्छ ।

कोरोना देखिएका ९० प्रतिशत घरमै निको हुन्छन् । यदि, स्वास फेर्न गाह्रो भएमा अक्सिजनको मात्रा ७० देखि ८० प्रतिशतमा पुगेको हो । त्यो समयमा निकै ढिलो भइसकेको हुन्छ ।

डा. भुसाल सुमेरु अस्पतालका मृगौला प्रत्यारोपण सर्जन हुन् ।

प्रतिक्रिया