शनिबार, वैशाख ८, २०८१

निषेधाज्ञाले गर्दा बिलुली प्रयोगमा गिरावट

मेरोन्यूज २०७८ वैशाख २४ गते १७:४५

काठमाण्डौं । कोराना महामारिका कारण बिलुली प्रयोगमा गिरावट आएको छ । गतसातादेखि भएको लकडाउनमा उद्योगहरु बन्द भएकाले बिजुलीको प्रयोगमा कमी आएको छ ।

कोरोना महामारिका कारण सरकारले लगभग देशभरी निषेधाज्ञाको घोषणा गरेकाले विद्युत प्रयोगमा कमी आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मुलुकका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्र (सेज)का उद्योग तथा कारखाना कम मात्र सञ्चालनमा आएकाले बिजुलीको प्रयोग कम भएको प्राधिकरणका सूचना अधिकारी अनिता सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार लकडाउनको समय बढ्दै जाँदा थप बिजुलीको प्रयोगमा समेत गिरावट देखिनेमा दुईमत छैन । सामान्य समयमा प्राधिकरणको प्रणालीमा झण्डै १ हजार ८ सय ८५ मेगावाटसम्म माग हुने भएपनि लकडाउनका कारण ७ सय ५० मेगावट बिद्युतको माग भएको हो ।

प्रतिक्रिया