शुक्रबार, वैशाख १४, २०८१

थप ९,१९६ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २४ गते १७:१८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ कोरोना संक्रमित थपिएका हुन् । जुन संख्या नेपालमा कोरोना संक्रमण सुरु भए यताकै सबैभन्दा बढी हो ।

सोही अवधिमा थप ५० जना संक्रमितको मृत्यु भएको छ भने थप २ हजार ९०५ जना भने निको भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार १९ हजार ९८६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जना गरी थप ९ हजार १९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

प्रतिक्रिया