बुधबार, वैशाख १२, २०८१

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

मेरोन्यूज २०७८ वैशाख २४ गते १७:००

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धरौट राखेर वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

डिल्लीबजारस्थित कारागार कार्यालयको थुनामा रहेका बस्न्यातलाई कोरोना संक्रमण भएपछि उनको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । मुटुको रोगी भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।

प्रतिक्रिया