शनिबार, वैशाख १५, २०८१

१४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि, केहीको रिपोर्ट आउन बाँकी

मेरोन्यूज २०७८ वैशाख २४ गते १६:४८

काठमाडौँ । संसद सचिवालयमा तीन दिन गरेको स्वाब संकलनमा ६५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका ६१३ जनामध्ये १४ जना सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आगामी वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आह्वान भएपछि स्वाब संकलन गरिएको थियो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब सय जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब दिएकामध्ये केहीको रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया