मंगलबार, वैशाख ११, २०८१

भीम रावल आज पनि देउवा निवासमा

मेरोन्यूज २०७८ वैशाख २४ गते १६:३४

काठमाडौं । नेकपा एमालेका नेता भीमवहादुर रावल काग्रेस सभापति शेरवहादुर देउवा भेटन आज फेरि देउवा निवास वुढानिलकन्ठ पुगेका छन् । उनी हिजो माधव नेपाल र देउवावीच वुढानिलकन्ठमै भेटवार्ता भइरहदा वीचमा थपिएर छलफलमा सहभागी भएका थिए ।

आज पनि रावल देउवा भेटन वुढानिलकन्ठ पुगेका हुन् । देउवा निवासमा कांग्रेस सभापति देउवा सहित कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेतासँग रावलले सम्वाद गरिरहेका छन् ।

नेपाल समुहका नेताहरु कांग्रेस, माओबादी, जसपाको उपेन्द्र डा वावुराम भटटराई समुहसँग नजिक देखिईरहेको छ ।

ओलीलाई सच्चाउने उपयुक्त मौका यही बेला आएको भन्दै विपक्षी गठवन्धनसँग नेपाल पक्षका नेताहरुले भेटघाट बाक्लो बनाईरहेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसदमा लिन लागेको विश्वासको मत, राष्टिय सभाको उपचुनाव लगायतमा नेपाल पक्षले गर्ने निर्णयले प्रधानमन्त्री ओली देखि चुनावमा एमालेको नतिजा सम्म प्रभावित पार्ने देखिएको छ । यस्तो बेला रावल लगायत नेताले कांग्रेस नेताहरुसँग बढाएको हिमचिमले राष्टिय राजनीति निक्कै तरल बनिरहेको छ ।

प्रतिक्रिया