शुक्रबार, वैशाख १४, २०८१

अवैध लागु औषधसहित कञ्चनपुरबाट १ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २४ गते १४:३२

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भिमदत्त नगरपालिका १४ नयाँ गाउँ बस्ने ३२ वर्षीय पदम बहादुर कठायतलाई बिहीबार पक्राउ गरेको हो ।

प्र.०२–००३ प ६६२२ नम्बरको स्कुटरलाई प्रहरी चौकी झोलुंगेबाट खटिएको प्रहरीले जाँज गर्ने क्रममा मोबाइल कभरमा लुकाईछिपाई राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया