बिहीबार, वैशाख १३, २०८१

अक्सिजन प्लान्ट स्थापना गर्न जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान

मेरोन्यूज २०७८ वैशाख २४ गते १४:१२

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न ८०÷८० लाख रुपैयाँ रकम प्रदान गरेको हो ।

प्रदेशका ६ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला संक्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको बताए । सुदूरपश्चिममा दैनिक ५ सय अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३ सय मात्रै उपलब्ध भइरहेको छ ।

प्रतिक्रिया