बिहीबार, वैशाख ६, २०८१

कोरोनाबाट एक कर्मचारीको मृत्यु, सेनाले अन्त्यष्टि गर्ने तयारी

मेरोन्यूज २०७८ वैशाख २४ गते १२:२२

काठमाडौँ । डोटी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रणका कारण एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनयिर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

केही दिनपहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए ।

उनीसहित कोरोनाको संक्रणबाट जिल्लामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हुन् । उनको शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया