शनिबार, वैशाख १५, २०८१

आफन्त पत्ता नलाग्दा कृष्ण बहादुरको शव ८ दिनदेखि भारतको अस्पतालमै

मेरोन्यूज २०७८ वैशाख २४ गते १०:१३

काठमाडौं । भारतको हरियाणा राज्यको गुरुग्राममा कोरोनाका कारण निधन भएका एक नेपालीको आफन्तहरुको बारेमा थाहा नहुदाँ ८ दिनदेखि शव अस्पतालमा रहेको छ ।

कृष्ण बहादुर गुरुङ नामक युवकको कोरोना संक्रमणका कारण अस्पतालमै निधन भएको हो । उनको शव गुरुग्रामको सिभिल अस्पतालमा राखिएको छ ।

पुलिसले मृतक कृष्ण बहादुर गुरुङको साथबाट भेटिएको नगरिकताका आधारमा उनको पहिचान खुलाएको छ । उनको नागरिकताका अनुसार डिलबहादुर गुरुङका छोरा कृष्ण बहादुर गुरुङ ४३ वर्षका थिए ।

तम्घास – ५ गुल्मी जन्मस्थान भएका कृष्ण बहादुर गुरुङको स्थायी घर चनइ – ८, कपिलबस्तु भएको नागरिकतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया