बिहीबार, जेठ ३, २०८१

एनएसएल फुटबलमा आज एक मात्र खेल

मेरोन्यूज २०७८ वैशाख २४ गते १०:०४

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एक मात्र खेल हुँदैछ ।

Advertisement

तालिकाको पुछारमा रहेको एफसी चितवनले तालिकाको छैठौ स्थानमा रहेको पोखरा थण्डर्ससंग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

समुहचरणको अन्तिम खेल खेल्न लागेको पोखरा आजको खेलमा जित निकाल्दै प्लेअफ प्रवेशको सम्भावना जिवितै राख्ने दाउमा रहेको छ ।

५ अंकमा तालिकाको छैठौ स्थानमा रहेको पोखरालाई प्लेअफ प्रवेशका लागि आजको खेलमा जित निकाल्दै अन्य टोलीको नतिजा कुर्नपर्नेछ ।

२ अंकमा तालिकाको पुछारमा रहेको चितवनलाई पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ । ४ खेल मात्र खेलेकाले चितवनलाई अघिल्लो चरण प्रवेशका लागि आजको खेल र काठमाण्डौ रेजर्सबिरुद्धको खेलमा जित निकाल्नु पर्नेछ ।

यसअघि हिजो भएको खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले तथा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएका थिए । पाँचौ चरणका खेल सकिदा धनगढी एफसी र काठमाण्डौ रेजर्स प्लेअफमा प्रबेश गरिसकेका छन् ।

प्रतिक्रिया