शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय सभा उपनिर्वाचनः वागमती प्रदेशमा उम्मेदवारी दर्ता आज

मेरोन्यूज २०७८ वैशाख २४ गते ७:५२

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको वागमती प्रदेश तर्फबाट अन्य समुहको रिक्त एक पदका लागि आज दलहरुले उम्मेदवारी दर्ता गदैछन् ।

राष्ट्रिय सभा चुनावका लागि ५ दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म आयोगले उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

प्रमुख सत्तारुढ दल एमालेले उम्मेदवार चयन गरिसकेको छैन । उसले गृहमन्त्री रामवहादुर थापा बादललाई जित सुनिश्चित हुने स्थितीमा उठाउने नत्र अन्य उम्मेदवार उठाउने गरी तयारी गरेको छ ।

त्यसका लागि छलफल गर्न र अन्य समसामायिक विषयमा छलफल गर्न एमालेले अहिले विहान ९ बजे पार्टी महाधिवशेन आयोजक समितिको स्थायी समिति बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम समुह र एमालेकै पनि माधव नेपाल समुहका तर्फबाट भने डा. खिमलाल देवबोटालाई उम्मेदवार बनाउने तय भएको छ ।

तर एमालेभित्रको विवाद मिलाउन र एउटै उम्मेदवार बनाउन प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल दुवै शीर्ष नेतालार्इ दुवै पक्षका दोस्रो तहका नेताहरुको चर्को दवाव छ ।

नेपाल समुहका नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथी ६ महिना निलम्वन गर्ने पार्टीको निर्णय पूर्नविचार गर्न ओलीमाथी दवाव बढेको छ । तर यही गर्ने भन्ने विषयमा ओलीले कुनै जवाफ दिईसकेका छैनन ।

अहिले विहान बोलाईएको स्थायी समिति बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने नेताहरुको भनाइ छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरिसकेको छ । माओवादी केनद्रबाट निर्वाचित बादल एमाले प्रवेश गरपछि सो पद रिक्त छ ।

प्रतिक्रिया