शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः वैशाख २४ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २४ गते ७:२२

काठमाडौं । आज २०७८ वैशाख महिनाको २४ गते शुक्रबार, वैशाख कृष्णपक्षको एकादशी तिथि । आज बरुथिनी एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
समय बलियो रहेको छ । बोलीको प्रभाव पनि बढ्ने छ । आत्माबल बलियो हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा समय अनुकुल देखिन्छ । धन सम्पत्तिमा बृद्धि हुने छ । राजनीति, प्रशासन तथा निजामति क्षेत्रमा सफलता मिल्ने छ । नेतृत्वदायी भुमिका र ब्यवस्थापकीय क्षमतामा पनि सफलता मिल्ने छ । साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने छ ।

वृष
सबल ब्यक्तित्व हुने छ । बोलीको पनि प्रभाव बढ्ने छ । सबल ब्यक्तित्व सँगै रिस पनि कडा हुने भएकाले यसबारेमा ध्यान दिनु होला । भाग्य बलियो रहेको छ । यसले पेशागत जीवनमा देखिने अवरोधहरु सामना गर्ने क्षमता बढाउने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य प्राप्त हुने अनुकुल समय छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु देखा पर्ने छन् ।

मिथुन
रिस कडा हुने छ । महत्वाकांक्षा र सपनामा बृद्धि हुने भएता पनि राखिएका लक्ष्यहरु पुरा हुन अबरोधहरुको सामना गर्नु पर्ने छ । जीवनसाथिको विश्वास लिएर अघि बढेमा कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा केही सकारात्मक अवस्था सृजना हुने छ । भाग्यको साथ नरहेकाले पेशागत जीवनमा विभिन्न उल्झनहरुको सामना गनृु पर्ने देखिन्छ ।

कर्कट
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । अरुको विश्वास आर्जन गर्न सकिने भए पनि मनमा दुविधा निरन्तर रहने भएकाले उक्त विश्वासलाई काम राख्न कठिानाई हुने देखिएकाले मन नियन्त्रणमा ध्यान दिनुहोला । चिसोले सताउने छ । पानी र पानीजन्य विषयमा सतर्कता अपनाउनु पर्ने समय छ ।

Advertisement

सिंह
समय अनुकुल रहेको छ । भाग्य बलियो छ । आम्दानीमा बृद्धि हुने छ । दृढ खालको ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक क्षेत्रमा आफूले खेलेको भुमिकाको उचित कदर हुने छ भने यसले मनमा सन्तोष प्राप्त हुने छ । राजनीति, निजामति क्षेत्र, न्याय क्षेत्र, ठेक्कापट्टा, प्रशासन, आदी क्षेत्रमा संलग्नहरुलाई थप जिम्मेबारी प्राप्त हुने छ ।

कन्या
समय प्रतिकुल रहेकाले संयमताको खाँचो छ । सुख शान्तिमा कमि आउने छ । मनमा अत्याधिक दुविधा बढ्न जाने छ । आफूलाई प्राप्त जिम्मेबारी राम्रोसँग निर्वाह गर्न नसक्दा अरुको विश्वासमा कमि आउन जाने छ । पेशागत जीवनमा आफ्ना सहकर्मी तथा कर्मचारीहरुसँगको सम्बन्धमा कटुता आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । साझेदारीको क्षेत्रमा असमझदारी उत्पन्न हुने छ ।

तुला
भाग्यको बलियो साथ रहने छ । ब्यक्तित्वमा दृढता विकास हुने भएकाले मनोबल उच्च रहने छ । पेशागत जीवनमा समय औसत रहेको छ । ब्यवस्थापकीय क्षमतामा कमि आउने छ । भित्रि बुद्धिको प्रयोग गर्न सकेका पेशागत जीवनमा देखा परेका समस्या समाधानमा जाने छन् । जीवनसाथिको साथसहित कार्यहरु गरेमा सफलता प्राप्त हुने छ । परिवारमा कटुता र बिबाद चर्किने भएकाले संयमता साथ ब्यवहारमा ध्यान दिनु होला ।

वृश्चिक
समय अलि प्रतिकुल रहेकाले संयमता रहनु होला । नकारात्मक विचारले सताउने छ । शरीरमा कमजोरी देखा पर्ने छ, यसले मनोबलमा कमि ल्याउने छ । जोश र जाँगरको कमि हुन जाने भएकाले कार्य क्षमतामा कमि ल्याउने छ । होटल, रेष्टुरेण्ट, घर जग्गाको कारोवार, ठेक्का पट्टा, सर्जरी, सुरक्षा निकाय आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ अघि बढ्नु होला । जीवनसाथिको साथसहित काम गर्नु भएमा केही राहत मिल्ने छ ।

धनु
समय सकारात्मक छ । भाग्यको बलियो साथ रहेकाले कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा समय अनुकुल रहेकाले कार्य सम्पादनको कदर हुने छ । परिवारमा शान्ति कायम हुने छ । साझेदारीका काममा साझेदारका बीच मनमुटाव बढ्ने भएकाले धैर्यता र शान्तिपूर्ण तरीकाले छलफलमा जाँदा उपयुक्त हुने छ । आर्थिक लेनदेनमा सतर्कताको आवश्यकता देखिन्छ ।

मकर
प्रतिष्पर्धात्मक र दृढ खाले ब्यक्तित्व हुने छ । योसँगै बढि कडा र रिसाहा ब्यक्तित्व पनि देखा पर्ने भएकाले संयमितताको खाँचो छ । पारीवारिक जीवनमा मधुरता आउने छ । सोचे जस्तो आम्दानी नहुने भएकाले मनमा निराशा छाउने छ । अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीीत, अनुसन्धान, पुरातात्विक क्षेत्र तथा गुप्तचरी क्षेत्रमा सक्रियहरुलाई पेशागत सफलता प्राप्त हुने छ ।

कुम्भ
आम्दानीमा पनि बृद्धि हुने छ । मधुर खाले स्वाभाव हुने छ यसले मेहनति र पराक्रमी स्वाभावको बनाउने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा नसोचिएका कठिनाईहरु जटिलताहरु देखा पर्ने छन् । आफूप्रति परिवारको भरोसा बृद्धि हुने छ । रियल स्टेट, सवारीसाधन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय सकारात्मक देखिन्छ ।

मीन
समय प्रतिकुल रहेको छ । भाग्यको साथ नभएकाले मनमा निरन्तर अन्योलता र निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा विभिन्न खाले कठिनाईहरु उत्पन्न हुने छन् । पारीवारिक तनाव ब्योहर्नु पर्ने भएकाले सकभर बिबादमा नजानु होला । जीवनसाथिको साथमा काम अघि बढाएमा कार्य सफलताका लागि मद्दत पुग्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया