शनिबार, वैशाख ८, २०८१

माधव नेपाल बाहिरिए लगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा

मेरोन्यूज २०७८ वैशाख २३ गते २१:१८

काठमाडाैं । सत्तरूढ दल नेकपा (एमाले) भित्रकाे विवादले उग्ररूप लिइरहेका बेला एमालेका शीर्ष नेताकाे दाैडधुप तीव्र बनेकाे छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले दाैडधुपलाई तीव्र पारेका हुन् ।

विहीबार साँझ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति भेटेर नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नेता नेपाल भर्खरै शीतल निवासबाट बाहिरिएका छन् । उनी बाहिरिए लगत्तै प्रधानमन्त्री ओली शीतल निवास प्रवेश गरेकाे स्राेतले बतायाे ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर फेरि आज नै दोश्रो पटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ओलीले बिहान एमालेको आकस्मिक स्थायी समिति बैठक सकेर सिधै राष्ट्रपति भेट्न पुगेका थिए ।

प्रतिक्रिया