शनिबार, वैशाख ८, २०८१

निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

मेरोन्यूज २०७८ वैशाख २३ गते १९:५९

काठमाडाैं । विद्युत् विकास विभागले निर्माणाधीन जलविद्युत् आयोजनामा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर तत्काल कोभिड–१९ का बिरामीलाई प्रयोग गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

विभागले आज एक सूचनामार्फत कोभिड–१९ को महामारीले सिर्जना गरेको विकराल अवस्थाको ध्यान दिई अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधिन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो ।

जलविद्युत् आयोजनामा भएका सिलिण्डर नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिन अनुरोध गरिएको विभागले जनाएको छ । रासस

प्रतिक्रिया